सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभिन्न बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु

२०७५ फाल्गुन २७, ०४:५३ खबर संवाददाता

गोदावरी  चेम्बर अफ कमर्स को आयोजनमा विभिन्न बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आजदेखि गोदावरीमा सुरु भएको छ । आजदेखि सुरु भएको समृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम चैत ३ गतेसम्म विभिन्न कार्यक्रम हुनेछन् । गोदावरी  चेम्बर अफ कमर्शको आयोजनमा भएको कार्यक्रम गोदावरी नगरपालिका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरे । कार्यक्रममा विभिन्न समसामयिक बिषयहरुमा अन्तरक्रिया गरिनुका साथै तालिमहरु पनि संञ्चालन हुनेछन् । कार्यक्रममा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि, सम्पुर्ण राजनितिक दलका नेता, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका, विद्यार्थी, समाजसेवी, वुद्धिजीवीहरुका बिच यसक्षेत्रको समर्ग विकासमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा बृहत अन्तरक्रिया एवम् छलफल गरिनेछ । आफ्नो व्यवसायलाई कसरी सुरक्षित र दिगो बनाउन सकिन्छ भन्ने बिषयमा तालिमहरु संञ्चालन गरिने गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले जानकारी दिए । 

प्रशिक्षणमा भ्याट, अडिटिङ्, इनकम ट्याक्स, प्रोजेक्ट रिपोट, ट्याली ट्रेनिङ्, सप्टवेयर सर्भिस, पार्टटाइम अकाउन्ट राइटिङ, व्यक्तीत्व बिकास तालिम, बिउ बिजन तथा कृषि सम्बन्धी परामर्श, बिजुली र पानीको बिल तिर्ने र ब्यापारीहरुको सुरक्षा र स्वास्थ्य चेकजाँच लगायतका कार्यक्रमहरु रहेका छन् ।।

कमेन्ट लोड गर्नुस