राँगा काट्ने चक्करमा दार्चुलाको चमेलिया नदीमा एक युवक बगे
धनगढीः दार्चुलाको चमेलिया नदीमा बगेर एक जना बेपत्ता भएका छन्। सोमबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए। त्यहाँ क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो।
त्यसपछि उनी त्यहीँ राँगोलाई समातेर बलि दिनका लागि भनेर चमेलिया नदीमा पसेका थिए। नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। यस्तै उनीसँगै बगेको राँगो फेला परेको बताइएको छ। बेपत्ता पुरुषको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।