सुदूर नेपाललाई विश्वसँग जोड्दै

५६ अर्बका नयाँ नोट साटिए

२०७९ असोज १७, १०:४० खबर संवाददाता

काठमाडौँः यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जनाए। यो गत वर्ष सोही अवधिमा वितरण गरिएको भन्दा केही बढी हो। 

गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट बाहिरिएको थियो । 

कमेन्ट लोड गर्नुस