सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा सुदूरपश्चिम समाजद्वारा दशैँको शुभकामना आदानप्रदान

२०७९ असोज १७, ०८:५४ खबर संवाददाता

धनगढी: अस्ट्रेलियामा सुदूरपश्चिम समाजले दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार फुलपातीको दिन पर्थ सहरको स्टरलिङ्ग कम्युनिटी सेन्टरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा अध्यक्ष किशोर कुवँर लगायत समाजका सदस्य, साधारण सदस्य र नेपालबाट भेटघाटका लागि गएका अभिभावकहरुको उपस्थिती रहेको थियो। नाचगान र साझँ को खानासहित कार्यक्रम  ५ घन्टासम्म चलेको अभिभावक सिद्धराज पनेरुले बताए। 
 

कमेन्ट लोड गर्नुस