सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक विद्यालयमा चोरी 

२०७९ असोज १५, १०:३६ खबर संवाददाता

बैतडीः बैतडीको एक विद्यालयमा चोरी भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक मावि गुरुखोलामा शुक्रबार राति चोरी भएको हो। विद्यालयको मूल ढोका फोडेर चोरी भएको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए। 

विद्यालयको ल्यापटप र एकथान कम्प्युटर चोरले लगेको छ भने विद्यालयका ५ ओटा दराज तोडफोड गरेर कागजपत्र नष्ट गरिएको छ। चोरले विद्यालयका महत्वपूर्ण कागजपत्र नष्ट गरेको प्रधानाध्यापक भट्टले बताए। 

विद्यालयमा ५ लाख जतिको चोरी भएको छ भने महत्वपूर्ण कागजपत्र नष्ट गर्दा समस्या भएको छ। विद्यालयमा कसले चोरी गरेको हो भन्ने कुरा खुलेको छैन। प्रहरीले विद्यालयमा चोरी गर्नेको खोजी कार्य गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस