सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा बैतडीका कलौनीद्धारा मन्दिरमा खाद्यान्न सहयोग

२०७९ असोज १५, १०:१४ खबर संवाददाता

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का नरेन्द्र कलौनीले मन्दिरमा खाद्यान्न सहयोग गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले सोही ठाउँमा रहेको चतुर्वाहु मन्दिर धाम्कुडीमा खाद्यान्न सहयोग गरेका हुन्। 
 
नवरात्रिमा मन्दिरमा बस्ने श्रद्धालु भक्तजनहरुका लागि खाद्यान्न सहयोग गरेको उनले बताए। खाद्यान्न स्वरुप पिठो, तेल, तरकारी, चिनी, चियापत्ति लगायत फलफुल सहयोग गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस