सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा राम जानकी मन्दिर निर्माण समिति गठन 

२०७९ असोज १५, ०४:३० खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकामा राम जानकी मन्दिर निर्माण समिति गठन गरिएको छ। नगरपालिकाको वडा नम्बर १६ रत्नटोलमा १३ सदस्यीय राम जानकी मन्दिर निर्माण समिति गठन गरिएको हो।

समितिको अध्यक्षमा दीपेन्द्रबहादुर विष्ट, उपाध्यक्षमा गणेशबहादुर चन्द, सचिवमा रमेशबहादुर चन्द, सहसचिवमा राजेन्द्रबहादुर चन्द, कोषाध्यक्षमा जनकप्रसाद जोशी र सहकोषाध्यक्षमा जगदीश जोशी चयन भएका छन्। सदस्यहरुमा दामोदर अवस्थी, रामचन्द्र चटौत, रामचन्द्र धानुक, मुन्सि डगौरा, काशिराम नेगी, चक्रबहादुर नेगी र सरिता पार्की चयन भएका छन्।

समितिको पहिलो बैठकले तीन सदस्यीय विधान निर्माण समिति पनि चयन पनि गरेको छ। विधान निर्माण समिति संयोजकमा दामोदर अवस्थी, सदस्यमा जगदीश जोशी र काशिराम नेगी रहेका छन्। मन्दिर निर्माणका लागि आवश्यक जग्गा भीमदत्त-१६ कै नेपाली सेनाका सेवानिवृत्त जर्नेल समशेर ठकुराठी र नेपाल प्रहरीका सेवानिवृत्त एआईजी दीपेन्द्रबहादुर विष्टले उपलब्ध गराउने प्रतिबद्धता जनाएका बताइएको छ। उक्त वडाका अध्यक्ष केशव सिंह विष्टको अध्यक्षतामा भएको भेलाबाट समिति गठन गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस