दार्चुलाको एक पसलमा आगलागी
२०७९ असोज १३, १०:०७
धनगढी: दार्चुलाको एक पसलमा आगलागी भएको छ। जिल्लाको सदरमुकाम खलङ्गामा रहेको भट्ट जनरल स्टोरमा आगलागी भएको हो।
ललित प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको स्टोरमा आगलागी भएर पूर्ण क्षती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। क्षतीको विवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस