सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सुकेका रुख कटानीको फाईल ८ महिनादेखि मन्त्रालयमा अड्कियो

२०७५ फाल्गुन २७, ०९:०४ कमल सावद

धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडी सालघारी लगाएतका क्षेत्रका जनता तथा घरहरु रुखका कारण जोखिममा छन्। रुखका कारण ज्यान नै जोखिममा रहेको भन्दै उनीहरुले कटानीको माग गर्दै आएका छन्। तर रुख कटानीका फाईलहरु भने वन मन्त्रालयमा अड्किएको ८ महिना बढि भएको छ। डिभिजन वन कार्यालय र जनप्रतिनिधिलाई यो बिषयमा नदिएको भन्दै स्थानीय जनताले यो बर्षको हावाहुरी र बर्षातको समयमा रुख ढल्ने चिन्तामा रहेको बताएका छन्। धेरै रुखहरु सुकेका र रुखका कारण जोखिम बढेको भन्दै सुकेका रुख कटानीका लागि डिभिजन वन कार्यालयले कटानीको प्रक्रिया सुरु गरेको थियो। तर कटानीको अझै स्वीकृत आएको छैन्। जनस्थरमा यो बर्षको हावा–हुरी र बर्षातका समयमा जनता भने रुख घरमा खस्ने भन्दै चिन्तीत छन्। स्थानीय करुणाकर भट्टले बाङ्गो कुहिएको रुखका कारण त्रसित रहेको बताए। रुखको हाङ्गो खस्दा घरको टिन भाचिएको उनले सुनाए। 

सयौ बर्ष बुढा रुखहरु सुकेका छन्। घरका छेउमा रहेका सुकेका रुखहरुका कारण जनता  हैरान छन्। बाल–बच्चा र बुढा पाकाहरुलाई रुखका कारण बढी समस्यामा रहेको स्थानीयको गुनासो छ। अब हावाहुरीको मौसम सुरु भएकाले रातिको समयमा निद्रा समेत नपर्ने गरेको उनीहरु बताउँछन्। यसअघि स्थानिय वासिन्दाले पटक पटक रुख कटानका लागि निवेदन दिएका थिए। बर्षाै पुराना सुकेका सालका रुखहरु हावाहुरी तथा बर्षातको समयमा ढल्ने गरेका छन्। रुख कटानीको प्रक्रियाका लागि उत्तरबेहडीका जनताबाट रुपैया पनि संकलन गरिएको बताईएको छ। सालका रुख ढलेका कारण पटक–पटक विद्युतका तारहरु पनि चुडिने गरेका छन्। विद्युतका तारहरु रुखका कारण काटिएका छन्। तर जनतालाई भने रुख कटानीका लागि भने कुनै प्रक्रियाका बारेमा जानकारी छैन्। उनीहरु मन्त्रालयमा भएको फाईलहरु जप्रतिनिधिले  प्रक्रियामा ल्याउन नसकेको भन्दै आक्रोसित रहेका छन्। तर धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापाले मन्त्रालयमा भएका फाईलहरुको बारेमा जानकारी नभएको बताए। 

सुकेका सालका रुखहरु धमाधम ढल्न थालेपछि उत्तरबेहडीको सालघारी बस्तीका वासिन्दा ज्यान जोखिममा परेको भन्दै चिन्तित छन । नम्बरी जग्गामा रहेका सुकेका सालका रुखहरु कटानको प्रक्रियाको बारेमा उनीहरु अनभिज्ञ छन्। वन डिभिजन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत शाहले यो बिषयमा जानकारी नभएको बताए।  धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी क्षेत्रका सुकेका सालका रुख कटानीको फाईलहरु वन मन्त्रालयमा अड्किएको छ। डिभिजन वन कार्यालयले धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडी सालघारी लगायतका क्षेत्रका रुख कटानीका लागि पठाएको फाईल ८ महिनादेखि वन मन्त्रालयमा अड्किएको हो। डिभिजन वन कार्यालयले नौ हजार ६ सय ९७ सुकेका रुख कटानीका लागि भन्दै फाईल वन मन्त्रालयमा पठाएको थियो। तर मन्त्रालयको फाईलको बिषयमा डिभिजन वन कार्यालयसंगै जनप्रतिनिधि पनि बेखबर रहेका छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस