सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

२०७९ असोज १२, ०५:०३ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार एक हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र  एक हजार ५३४ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ५२ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, हाल मुलुकमा एक हजार १२२ जना सक्रिय सङ्क्रमित छन् ।

कमेन्ट लोड गर्नुस