सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडीका पुरुष पक्राउ 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज १२, ०४:३९ खबर संवाददाता

काठमाडौं: बैतडीका एक पुरुष बलात्कार आरोपमा पक्राउ परेका छन्। आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडी सिगास गाँउपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्द पक्राउ परेका हुन्। 

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई बुधबार पक्राउ गरेको प्रहरी वृत्त ठिमी परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए। पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस