सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडीमा कक्षा १२ सम्म निशुल्क शिक्षा 

२०७९ असोज १२, ११:३२ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौंडी नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ। कक्षा ११ र १२ का लागि लाग्ने शूल्क नगरपालिकाले दिने भएको हो। चुनावी घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने घोषणाअनुसार विद्यार्थीको शुल्क नगरपालिकाबाट दिन थालिएको नगर प्रमुख दीपकबहादुर बमले बताए। 

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएपछि नगरपालिकाले विद्यार्थीको शुल्क तिर्न थालेको नगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस