सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ढुवानी बन्द हुँदा पौष्टिक आहार पाउन समस्या 

२०७९ असोज १२, १०:४८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ। दार्चुलाको उत्तरी भेगमा पर्ने दुहु र व्यास जोड्ने टिंकर सडक अझै सुचारु नभएको हो। 

ढुवानी रोकिएपछि दुहु र व्यासका २७ सय बालबालिकाले पौष्टिक आहार खान पाएका छैनन्। पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार ढुवानी हुन नसकेको हो।

विभिन्न दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन। व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका दुई हजार ७ सय बालबालिकाले दिउँसोको खाजा खान पाएका छैनन्। सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको स्यानीय प्रशासनले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस