सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आयुर्वेद चिकित्सालयले आयोजना गरेको शिविरमा पहिलो दिन १२५ जनाले लिए सेवा

२०७९ असोज १२, ०९:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा मङ्गलबारदेखि सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा पहिलो दिन १२५ जनाले सेवा लिएका छन्। प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा निःशुल्क शिविर सञ्चालन भएको हो।

शिविरमा ओपीडी सेवासमेत सञ्चालन भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए। उनका अनुसार शिविरमा निःशल्क ल्याब सेवा, निःशुल्क औषधी वितरण र योग परामर्श सेवा प्रदान भइरहेको छ। शिविर १४ गतेसम्म सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस