सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीनन्दा जाने नयाँ छोटो बाटो पत्ता लाग्यो [भिडिओ]

२०७९ असोज ११, ०५:५२ खबर संवाददाता

धनगढीः बाजुराको प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा पुग्ने नयाँ छोटो बाटो पत्ता लागेको छ। वाइल्ड बाजुरा अभियानका अभियन्ताहरुले उक्त बाटो पत्ता लगाएका हुन्। 

सोही अभियानका एक अभियन्ता मनोज रेग्मीका अनुसार बडीमालिका नगरपालिकाको रजाली भन्ने ठाउँबाट पाटन हुँदै बुढीनन्दाको धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा पुग्ने बाटो पत्ता लगाइएको हो। उक्त बाटोबाट तिर्थयात्री तथा पर्यटकहरु करीब २ दिनमै गन्तव्यमा पुग्ने उनको दाबी छ। सो बाटोमा २ तालहरु पनि रहेको उनले बताए। ती तालहरु एकदमै सुन्दर रहेको रहेको तर प्रचार नपाएको उनको भनाइ छ। 

नयाँ पत्ता लगाइएको बाटो हुँदै बुढीनन्दा जानका लागि बाजुराको सदरमुकाम मार्तडीबाट करीब २ घण्टा हिडेर रजाली पुगिन्छ। रजालीबाट पाटन हुँदै बुढीनन्दामा पुग्न सकिन्छ। यसअघि बुढीनन्दा पुग्न सकिने यो बाटोबाट कसैले पनि यात्रा गरेका थिएनन्। यो मार्ग हुँदै पहिलोपटक वाइल्ड बाजुराका ७ जना युवा अभियन्ताहरुले गत महिनाको २० गते यात्रा सुरु गरेका थिए। सोही क्रममा नयाँ बाटो पत्ता लागेको हो। 

यसअघि मार्तडीबाट कोल्टी हुदै बुढीनन्दा जाने बाटोमात्रै प्रयोगमा थियो। सो बाटोबाट करीब ३ दिनमा यात्रा गरेपछि मात्रै बुढीनन्दा पुगिन्छ। तर नयाँ पत्ता लागेको बाटोबाट गएमा एक दिन बचत हुन्छ। बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्।

पहिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बुढीनन्दा पर्ने गरेको छ। बुढीनन्दा धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बुढीनन्दाका गहना हुन्।

बूढीनन्दामा विभिन्न तालहरु छन्। समुद्री सतहदेखि १६ हजार फिटको उचाइमा रहेको बूढीनन्दामा रहेको भगवती ताल चर्चित ताल हो। नेजारको दहसमेत भनिने यो ताल तालको किनारदेखि माथि बाह्रै महिना हिउँ जम्ने गर्दछ्र तालको किनारमा रहेको सेतो स्फटिक भगवतीको मूर्तिको दर्शन र पूजा गरिन्छ। भगवती ताल सँग लहरै अन्य चारवटा ताल जोडिएका छन्। वरपर चुन घाँस र रंगीविरंगी फूलले भरिपूर्ण पाटन तथा दुर्लभ जडीबुटी, डाँफे, नावरजस्ता वन्यजन्तु हरू देख्न सकिन्छ्र यो ताल प्राकृतिक रूपमा मात्रै होइन, ऐतिहासिक रूपमा समेत महत्त्वपूर्ण मानिन्छ।

पौराणिककालमा महादेवले सतीदेवीको लास बोकेर पृथ्वीको परिक्रमा गर्ने क्रममा सतीदेवीको नासिका यस ठाउँमा पतन भएको स्वस्थानी पुराणमा पाइन्छ। नासिकाबाटै सुनन्दा भगवती र बूढीनन्दा भगवतीको उत्पत्ति भई शक्तिपीठमा परिणत भएको पौराणिक कथन छ।सुनन्दा भगवतीको जल बूढीनन्दा, मष्टा र धल्पुरा ताल हुँदै धौलागिरि पुगेर बड्डी खोलामा झरनाका रूपमा मिसिन्छ। बड्डी खोलामा जतिसुकै बाढी आए पनि कहिल्यै धमिलो हुँदैन, जसलाई स्थानीयहरू बूढीनन्दाको देन मान्छन्।

विश्वमै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो पछिको विश्वकै दोस्रो उचाईमा रहेको ताल यहि नै हो्र मुख्य तालको वरिपरि परिक्रमा गर्न करिब सवा घण्टा लाग्छ र यो ताल ठुला पहाडहरू बिचमा गोलो आकारमा रहेको छ। बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन–भदौ महिना हो। जनैपूर्णिमामा त्यहाँ भब्य मेला लाग्दछ।

यो पनिः आहा ! मनोहर बाजुरा


 

कमेन्ट लोड गर्नुस