सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटनमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएका परिवारलाई १० लाख दिने सहमती

२०७५ फाल्गुन २६, ०३:२५ खबर संवाददाता

बैतडीको पाटनमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएका युवकका परिवारलाई क्षतिपूर्ती स्वरुप १० लाख दिने सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएका छन्। पीडित परिवारलाई राहात स्वरुप १० लाख दिने सहमतीपछि शनिबार ग्रेडरले ठक्कर दिदा पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेले मृत्यु भएपछि गरिएको आन्दोलन फिर्ता भएको छ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी नीरिक्षक गिन्द्र बहादुर बोगटीले निर्माण व्यवसायी र पीडित परिवारबिच राहात र ठक्कर दिने ग्रेडर चालकले कारवाहीको दायरामा ल्याउने सहमती भएपछि प्रर्दशन लगायतका आन्दोलन फिर्ता भएको जानकारी दिए।

पीडित परिवारले आन्दोलन फिर्ता गरेपछि पाटनको अवस्था समान्य बन्दै गएको छ। यसअघि स्थानीयले पीडित परिवारलाई क्षतीपूर्ती र ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेपछि पाटन बजारको स्थिती तनावग्रस्त बनेको थियो। स्थानीयको प्रर्दशन उग्र बनेपछि प्रहरीले नियन्त्रणमा लिन हवाई फायर अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनका क्रममा ४ प्रहरी सहित सातजना घाइते भएका छन्।    
 

  

 

कमेन्ट लोड गर्नुस