सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सुरक्षित गर्भपतन गराउने घटे

२०७९ असोज १०, ०३:३८ खबर संवाददाता

डोटीः डोटी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा घट्दै गएको छ। स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क चार वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०६६ मा सुरक्षित गर्भपतन गराउनेहरू एक हजार एक सय ४७ रहेका छन्। आर्थिक वर्ष २०७६/०७७ मा एक हजार ३१, आर्थिक वर्ष २०७७/०७८ मा एक हजार एक सय ११, र आर्थिक वर्ष २०७८/०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्।

सुरक्षित गर्भपतन गराउने मध्य २० वर्ष मुनिका आर्थिक वर्ष २०७५/०६६ मा ७० जना, २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ३५ जना र २०७८/०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए।

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको संख्यामा कमी आएको उनले बताए। पछिल्लो वर्षमा परिवार नियोजनको सेवा लिनेको संख्या बढेको र मेडिकलबाट औषधि किनेर गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्ने जोशीले बताए।


 

कमेन्ट लोड गर्नुस