सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखरका धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटिएर बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ) 

२०७९ असोज १०, ०८:५२ खबर संवाददाता

धनगढीः डोटीको शिखर नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटिएर बनाइएको वृत्तचित्र सार्वजनिक भएको छ। लामो समयदेखि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेका साइकल यात्री भरतविक्रम शाहको अगुवाइमा बनेको उक्त वृत्तचित्र सोमबार सार्वजनिक गरिएको हो।

उनले नगरक्षेत्रभित्र रहेका धार्मीक एवं पर्यटकिय क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र बनाइएको बताए। वृत्तचित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ। वृत्तचित्रमा सेती नदी, भागेश्वरको मन्दिर, सालमुनि, म्याङ्गो रिसोर्ट, ७०० वर्ष पूरानो पीपल, मुडेगाउँ, गौरा पर्व र कफल्लेकी जाँतका बारेमा जानकारी दिइएको छ। उक्त वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाहले बताएका छन्।

 

कमेन्ट लोड गर्नुस