सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका महाकाली नगरपालिका र नौगाड गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

२०७९ असोज १०, ०६:३१ खबर संवाददाता

धनगढी: सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्‍याउँदै आएको छ। यो वर्ष मात्रै पनि बाढी र पहिरोमा ठूलै जनधनको क्षति भएको छ। 

कमेन्ट लोड गर्नुस