सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाइप चोरीको आरोपमा कांग्रेसबाट निर्वाचित वडासदस्य पक्राउ

२०७९ असोज ९, ०५:५२ खबर संवाददाता

धनगढीः कास्कीको मादी गाउँपालिका १ का वडासदस्य खरजंग गुरुङ पाइप चोरीको आरोपमा पक्राउ परेका छन्। सरकारी लगानीको खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

गुरुङ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। मादी ५ काउरेबाट उनीहरु एक ट्रयाक्टर पाइपसहित पक्राउ परेका हुन्। चिहानडाँडाको पाइप काटेर लैजादै गर्दा उनीहरु पक्राउ परेको बताइएको छ।

अहिले खानेपानी आयोजना समिति, स्थानीय मिलेर सो घटनालाई मिलाउने प्रयासमा छन्।

कमेन्ट लोड गर्नुस