सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रामलीला ज्ञान महोत्सव हुने

२०७९ असोज ८, ०५:२५ खबर संवाददाता

धनगढीः धनगढीमा रामलीला ज्ञान महोत्सव लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रामलीला ज्ञान महोत्सव २०७९ हुने भएको हो। 

संगम सोसाईटीको आयोजनामा असोज १३ गतेबाट ज्ञान महोत्सव लाग्ने जनाइएको छ। महोत्सवमा एक लाख भन्दा बढी दर्शक तथा भक्तजनहरुको सहभागिता हुने बताइएको छ। रामलीला ज्ञान महोत्सवले समाजमा सकारात्मक विचारको सन्देश दिने अपेक्षा लिइएको छ। 

महोत्सवको अनुमानित खर्च १२ लाख ६३ हजार राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस