सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छः विज्ञ

२०७९ असोज ८, ०६:१४ खबर संवाददाता

काठमाडौंः गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन्। 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ', राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।

बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस