सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झुल वितरणमा विभेद गरेको स्थानीयको आरोप

२०७५ फाल्गुन २५, ०७:३० रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा भएको झुल वितरणमा विभेद गरेको आरोप स्थानीयले लगाएका छन। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले किटनासक झुल वितरणमा विभेद गरेको आरोप स्थानीयले लगाएका हुन। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीयको लागत संकलन गर्ने सामाजिक परिचालकले वेवास्ता गरेर तथ्यङक संकलन गरेको आरोप लगाएका छन।

वितरणमा समन्वय भने वडा नम्बर ४ को कार्यालयले गरिरहेको छ। वडा नम्बर ४ मा मात्र १ सय २० भन्दा बढी घरदुरीमा लागत संकलन नभएकाले स्थानीय झुल पाउनमा बन्चित भएका छन। झुल वितरण गरिरहेका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र वडा कार्यालयले वाकी रहेका घरदुरीलाई एक हप्ता भित्रै वितरण गर्ने दावी गरेको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस