सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिक हस्तक्षेपले धनगढीको जनता राष्ट्रिय मावि धरासायी बन्दै

२०७५ फाल्गुन २५, ११:२५ जनक विष्ट

राजनितिक हस्तक्षेप बढ्दै गएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय धरासायी बन्दै गएको छ। विद्यालयमा बढेको राजनितिक हस्तक्षेपकै कारण  प्राथमिक तहमा रिक्त रहेको शिक्षक दरबन्दी सात महिनादेखि पूर्ती हुन सकेको छैन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अन्य पदाधिकारी, जनप्रनिधि र शिक्षकहरुबिच स्वार्थ नमिलेकै कारण शिक्षक दरबन्दी सात महिनादेखि रिक्त रहेको छ। जनता राष्ट्रिय आधारभुत विद्यालयको प्राथमिक तहमा स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक अप्सरा घिमिरे गत भदौँमा सरुवा भएर गएपछि उक्त स्थानमा कसलाई ल्याउने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र शिक्षकहरुबिच कुरा नमिलेपछि अहिलेसम्म पदपूिर्त हुन सकेको छैन्। 

पाँच कक्षासम्म विषयगत शिक्षक नहुने भएपनि विद्यालयको ६ देखि १० सम्म अंग्रेजी र नेपाली शिक्षकको आवश्यकता रहेको विद्यालयले जनाएको छ। प्रावि तहको शिक्षक भएपनि उनीहरुले १० कक्षासम्म नै पढाउने गरेका छन्। अहिले निजि स्रोतका शिक्षक गणेश लुहारले अंग्रेजी विषय अध्यापन गराई रहेपनि उनको डिभी परेरले छिट्टै अमेरिका जाने हुँदा विद्यालयलाई तत्काल अग्रेंजी शिक्षकको आवश्यकता छ तर विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिले प्रधानाध्यापकलाई रकमको बार्गेनिङ गर्न निर्देशन दिदै बढी दिनेलाई भर्ना गर्ने तयारी गरिरहेका हुन्। प्रधानाध्यापक सुरेन्द्र कुमार ठाकुरले विद्यालयलाई तत्काल अंग्र्रेजी विषयको शिक्षक आवश्यक भएको बताए।

प्राथमिक तहको रिक्त दरबन्दीमा अन्यत्रबाट सरुवा भई आउने इच्छा जनाउदै २१ जना शिक्षकले विद्यालयमा निवेदन दर्ता गरिसकेका छन्। तर कुरा नमिलेकै कारण सरुवाको सहमति दिईएको छैन्। शिक्षक पदपूर्तिकै लागि सात महिनाको अवधिमा २२ पटक विद्यालय व्यवस्थापन समितिको बैठक बस्दा समेत सहमति नजुटेपछि बसेको स्टाफ बैठकले निमावि र मावि तहका लागि अंग्रेजी र नेपाली विषयको योग्य शिक्षक आवश्यक रहेको उल्लेख गर्दै पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेका छन्। निवेदन दिनेहरुमा समेत केही शिक्षक अंग्रेजी  र नेपाली विषयका छन्।

ती मध्ये योग्य शिक्षक छनौट गरी अतिरिक्त सुविधा दिदै सहजै निमावि र माविसम्मको अंग्रेजी विषय अध्यापन गर्न सकिनेतर्फ विद्यालयका शिक्षकहरुले लभिङ गरेपनि नसकिएको बताएका छन्। तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द गिरीले अंग्रेजी विषयकै शिक्षक ल्याउने प्रयास गर्दा पनि असफल भइएको बताए। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र शिक्षकहरुबिच आपसी स्वार्थ नमिलेपछि समस्या बढ्दै गएको छ भने आर्थिक लेनदेन गर्नेलाई मात्र ल्याउने दाउमा लागेपछि विद्यालयले आवश्यकता अनुसारको शिक्षक पाउन सकेको छैन्। शिक्षक नियुक्तीमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ। 
 
    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस