सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा आवश्यक भन्दा भएकै उपकरण माग

२०७५ फाल्गुन २५, ०७:१३ सीताराम ओझा

सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयले सेती अञ्चल अस्प्तालका लागि औषधी र उपकरण खरिदका लागि आव्हान गरेको टेण्डरमा मिलोमतोको आशंका गरिएका वेला टेण्डरमा माग गरिएका उपकरण पनि मनपरी छानेको आरोप लागेको छ। झण्डै आधा करोड मुल्य पर्ने सिडीफोर मेसिन सेती अञ्चल अस्पतालमा रहेको छ। यसले एचआईभी संक्रमितहरुको प्रतिरक्षात्मक अवस्थाको वारेमा सुक्ष्म परिक्षण गर्ने गरिएको छ। तर भएकै यो उपकरण फेरि किन्नका लागि टेण्डर खोलिएको छ। 

अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले सेती अञ्चल अस्पतालमा भएको आधुनिक सुविधायुक्त सिडीफोर मेसिनले एचआईभी संक्रमितहरुको अवस्था चेकजाँच गरिरहेको छ। तर मन्त्रालयले भने फेरि सोही उपकरण किन्ने तयारी गरेको छ। केही समयदेखि विग्रेको सो मेसिन सामान्य खर्च गरेर पनि मर्मत हुन सक्ने अवस्था हुँदा हुँदै पनि मन्त्रालयले भने झण्डै आधा करोड मुल्य पर्ने मेसिन खरिदको तयारी गरेको हो। 

सेती अञ्चल अस्पतालले आवश्यक उपकरणहरुको सुची बनाएर सामाजिक विकास मन्त्रालयमा बुझाएको थियो। तर ती सुचीहरुमा भएका र माग गरिएका उपकरणभन्दा पनि मनलाग्दो उपकरण किन्न लागेको छ। सेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले पनि पटक–पटक आवश्यक उपकरणको सुचि बनाएपनि उपकरण नपाएको बताए। 

आर्थिक अनियमितता गर्दै औषधी र उपकरण खरिदका लागि टेण्डर आव्हान गरिएको आरोप लागेपनि अवस्था भएपनि सामाजिक विकास मन्त्रालय भने आफ्नो बचाउ गरिरहेको छ। सिडीफोर मेसिन विग्रेमा सेवा प्रभावित हुने अवस्था नआउनका लागि अर्को मेसिन खरिद गर्न लागेको तर्क मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीको छ। 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस