सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भेटिएका ३ लासको पहिचान नखुलेपछि प्रहरीले गाड्यो

२०७९ असोज ३, ०६:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा मानव कंकालमा परिणत भएको अवस्थामा फेला परेका तीन शवको पहिचान नखुलेपछि प्रहरीले गाडेको छ। लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुई र पुनवार्स नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।

‘शवहरु सडेको अवस्थामा फेला परेका थिए। आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै मगाएर डीएनए परीक्षणका लागि नमूना संकलन गरेको थियो। त्रिभुवन बस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरेको थियो। 

प्रहरीकाअनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएपनि थप पहिचान नखुलेको हो। शनिबार अविरल वर्षासँगै आएको बाढीले ती शव अन्यत्रैबाट बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

कमेन्ट लोड गर्नुस