कञ्चनपुरका एक किशोर बेपत्ता
२०७९ असोज ३, ०४:३२
धनगढी: कञ्चनपुरका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-९ लालपुरका १७ वर्षीय विपुल जोशी आइतबारबाट बेपत्ता भएका हुन्।
उनको मानसिक अवस्था ठिक नभएको र उनी घरबाटै बेपत्ता भएका उनको पारिवारिक स्रोतले जनाएको छ। जोशीलाई कहीँ कतै कसैले देखे ९८४२८४६१५६, ९८४८७५४१४२ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
कमेन्ट लोड गर्नुस