सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल अपहरित
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्लको अपहरण गरेका छ। विप्लव समूहले मल्ललाई बझाङको बुगल नगरपालिका बिजगडा क्षेत्रबाट अपहरण गरेको प्रहरीले जनाएको छ।घटना सम्बन्धी पूर्ण विवरण भने प्राप्त भइनसकेको बताईएको छ । उनको आज बिहान ११ बजे अपरहण भएको हो। मल्ल बझाङको ख बाट विजयी प्रदेशसभा सदस्य हुन्। मल्ल नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन जाने क्रममा अपहरणमा परेकी हुन्।