सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते

२०७९ असोज २, ०८:४१ खबर संवाददाता

धनगढी: दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। आइतबार बिहान नौगाड गाउँपालिका ४ होपरीमा जीप दुर्घटना भएको हो।

से १ ज १०७८ नम्बरको जीप दुर्घटनामा चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते मध्ये चालक धामीको अवस्था गम्भीर रहेको र सबैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस