सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुटिनले मोदीसँग भने - 'जतिसक्दो चाँडो युद्ध अन्त्य गर्ने प्रयास गर्छौँ'

२०७९ असोज १, ०९:५०

एजेन्सी: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको बताएका छन्।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि उज्वेकिस्तानको समरकन्दमा भएको पहिलो भेटमा मोदीले पुटिनलाई आजको समय युद्धको लागि उपयुक्त समय नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मोदीले लोकतन्त्र, कुटनीति र संवादको महत्त्वमा जोड दिएका छन्।

रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो। भेटमा उनीहरुबीच शान्ति र स्थायित्वमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ। पुटिनले जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न प्रयास गर्ने तर युक्रेनले वार्तालाई अस्वीकार गरेको जवाफ दिएका छन्।
 

कमेन्ट लोड गर्नुस