महाकालीको बहाव बढ्यो
२०७९ असोज १, ०४:०२
धनगढीः शुक्रबार रातिदेखिको लगातारको वर्षाले महाकाली नदीको बहाव बढेको छ। नदीको बहाव बढेसँगै कटान पनि गरिरहेको छ। रातिको समयमा नदीको अत्यधिक रहेको महाकाली नगरपालिका १ श्रीबगरका स्थानिय लोकेन्द्रबहादुर बमले बताए। बिहानबाट रातिको तुलनामा नदीमा पानी घटेको छ।
महाकाली नदीले सदरमुकामको बङ्गाबगर क्षेत्रमा पनि कटान गरिरहेको स्थानीयहरुले बताएका छन्। दुहु ब्यास क्षेत्रमा वर्षा बढी भएको हुनाले महाकालीमा पानीको सतह बढेको हो।
कमेन्ट लोड गर्नुस