सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रवर्द्धनका लागि धनगढीदेखि साईकल यात्रा सुरु

२०७५ फाल्गुन २४, ०९:२७ सीताराम ओझा

पर्यटन  प्रवर्द्धनका लागि कैलालीदेखि कञ्चनपुरसम्मको साईकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा पर्यटन  प्रवर्द्धन गर्नका लागि दुई दिने साईकल यात्रा आजदेखि धनगढीबाट सुरु भएको हो । धनगढी रंगशालादखि सुरु भएको साईकल यात्राको धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरे । देशका विभिन्न स्थानका साईकल यात्रीहरुका साथै चर्चित विश्व साईकल यात्री पुष्कर शाह लगायतको सहभागीतामा यात्रा सुरु भएको हो । 

भोली महेन्द्रनगर पुगेर साईकल यात्रा समापन हुनेछ । साईकल यात्रामा १०० जनाको सहभागीता रहेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षो साईकल यात्रा गरिएको हो । कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नका लागि साईकल यात्रा गरिएको आयोजक युथ स्पोर्टस क्लब धनगढीले जनाएको छ । सुदुरपश्चिममा पहिलो पटक साईकल यात्रीहरुलाई एकै ठाउँमा भेला गरेर धनगढीदेखि महेन्द्रनगरसम्मको ६६ किलोमिटर र त्यसमा लिङगा जान आउन लाग्ने २८ किलोमिटर थप दुरीमा साईकल यात्रा सुरु भएको हो । आज पहिलो दिन धनगढीबाट सुरु भएको साईकल यात्रा कञ्चनपुरको मझगाउँमा रहेको हो स्टेमा पुग्नेछ । त्यसपछि भोली कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमण गराएर महेन्द्रनगरमा साईकल यात्रा समापन हुने कार्यक्रमका संयोजक टेकराज पनेरुले जानकारी दिए । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस