सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङरुमा फोरजी सेवा सञ्चालनमा 

२०७९ भदौ ३०, ०६:२९ खबर संवाददाता

धनगढीः दार्चुलाको छाङरुमा फोरजी सेवा सञ्चालनमा आएको छ। बुधबारदेखि नेपाल टेलिकमले त्रिदेशीय सीमाना पर्ने व्यास गाउँपालिकाको छाङरुमा फोरजी सेवा सञ्चालनमा आएको जनाएको छ। 

हेलिकप्टरबाट उपकरण ढुवानी गरेर जडान गरेपछि सेवा सुचारु भएको हो। योसँगै छाङरुमा रहेका झन्डै डेढ सय परिवार टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने भएका छन्।

कमेन्ट लोड गर्नुस