सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने 

२०७९ भदौ ३०, ०३:४५ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको यही भदौ २४ गते बसेको बैठकको निर्णय अनुसार लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको हो।

सूचनामा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई आगामी असोज १ गतेदेखि अवकाश दिने निर्णय भएको उल्लेख छ। लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत भनिको छ। 

 

कमेन्ट लोड गर्नुस