सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनोट

२०७९ भदौ ३०, ०१:१५ खबर संवाददाता

धनगढी: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन्। शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका २२१ विद्यालयमध्ये ५८ विद्यालय छनोट भएका हुन्।

सबैभन्दा बढी पुर्चाैडी नगरपालिकाका १३ ओटा विद्यालय छनोट भएका छन् भने मेलौली नगरपालिकाका ८, सिगास र सुर्नया गाउँपालिकाका ६/६, पाटन नगरपालिकाका ५, डिलाशैनी, दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका समान ४/४ ओटा विद्यालय छनोट भएका छन्। ती विद्यालयमा आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण गरिनेछन्।

चालु आर्थिक वर्षमा २१ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुनेछ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछन्। आइसीटी ल्याबका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको र दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस