बैतडीमा घर भित्र पसेकोे चितुवा नियन्त्रणमा
बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटका स्थानियले चितुवाको बच्चा समातेर प्रहरीको जिम्मा लगाएकाछन्। बिहीवार दिउँसो स्थानीय प्रताप टमट्टाको घरभित्र पसेको चितुवाको बच्चालाई स्थानीयले ढोका थुनेर समातेका थिए। चितुवाको बच्चालाई प्रहरीले वन कार्यालयलाई चितुवा बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रमुख नेत्रमणि गिरीले बताए।
चितुवाको बच्चा बिरामी रहेकाले भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र पाटनमा पु¥याइएको छ।