सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बलात्कारपछि भाउजूको हत्या गर्नेलाई आजीवन कैद

२०७९ भदौ २९, ०६:२२ खबर संवाददाता

धनगढीः दार्चुलाको जिल्ला अदालतले भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ। बुधबार शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई आजीवन काराबासको सजाय सुनाइउको हो। 

अदालत स्रोतका अनुसार खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको हो। साथै, बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिमाना तोकिएको छ।

मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको बताइएको छ। गत जेठ २५ गते राति २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ।

त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको हत्या भएको थियो। बलात्कारपछि कडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए।  

कमेन्ट लोड गर्नुस