कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु
काठमाडौँ: कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस रहेको अष्ट्रेलियाबाट प्रसारण हुने एबीसी टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ।
प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएका छन्। ३ वर्षे उक्त कंगारुलाई ती मानिसले पाल्तु जनावरको रूपमा राखेको हुनसक्ने प्रहरीको अनुमान छ।
कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले जनाएको छ।