सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लटिनाथ विद्यालय कार्यसम्पादनमा देशकै उत्कृष्ट दशौँ नम्बरमा

२०७९ भदौ २९, ०४:५४ खबर संवाददाता

धनगढी: कार्यसम्पादन मूल्यांकनको आधारमा दार्चुलाको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता देशभरिकै उत्कृष्ट १०औँ नम्बरमा परेको छ। लेकम गाउँपालिका-५ मा रहेको सो विद्यालय ६० जिल्लाका ४८६७ विद्यालयहरुमध्ये उत्कृष्ट १० मा परेको प्रधानाध्यापक केशव बिष्टले बताए।

शिक्षा मन्त्रालय अन्तर्गतको गुणस्तर प्रशिक्षण केन्द्रले विद्यालयहरुको विभिन्न मापदण्डका आधारमा गरेको परीक्षणमा लटिनाथ मावि उत्कृष्ट १० मा परेको बताइएको छ। करिब ११ सय जना अध्ययनरत उक्त विद्यालयमा कृिष डिप्लोमा बालि विज्ञान, कृषि डिप्लोमा पशु विज्ञान, डिप्लोमा इन फरेष्टि, प्री डिप्लोमा विज्ञान र पशु विज्ञानको पढाई हुने गरेको छ।

कमेन्ट लोड गर्नुस