सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुमारी बैंकका ग्राहकलाई नवजीवन अस्पतालमा उपचार गराउँदा १४ प्रतिशतसम्म छुट

२०७९ भदौ २८, ०१:४४ खबर संवाददाता

धनगढी: कुमारी बैंक लिमिटेडका ग्राहकले कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन्। ग्राहकहरुले उक्त छुट पाउन डेबिट÷क्रेडिट कार्ड तथा कुमारी स्मार्टबाट बिल भुक्तानी गर्नुपर्ने छ।

बैंक र अस्पतालले छुटदिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै ओपिडी, ल्याव, युएसजी, इको, आइसियू, एनआइसियू, डायलासिस लगायत विभिन्न सेवाहरुमा १० प्रतिशत देखि १४ प्रतिशतसम्मको छुट उपलब्ध हुने जनाइएको छ। 
कुमारी बैंकले देशैभरी १९८ शाखा, १९५ एटिएम, ५० शाखारहित बैंकिङ सेवा केन्द्र तथा २४ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ।

कमेन्ट लोड गर्नुस