सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चट्याङ लागेर २९६ वटा भेडा मरे

२०७९ भदौ २७, ११:४४ खबर संवाददाता

धनगढी: दार्चुलाको नौगाड गाउँपालिका ४ जमुलेखमा चट्याङ लागी २९६ वटा भेडा मरेका छन्। अविरल वर्षासँगै परेको चट्याङबाट चराउन लगिएको २९६ भेडा मरेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएका छन्। 
 

कमेन्ट लोड गर्नुस