सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

२०७९ भदौ २७, १०:०७ खबर संवाददाता

काठमाडौं: निसन्तानको पीरमा करीव १० वर्ष गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्। 

वीरगन्जको प्रभु हस्पिटलमा एक महिलाले एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी हुन्। प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्।  

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो। आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा जन्मिन सफल भएको हो। हाल आमा र तीन जनै बच्चा सकुसल रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट लोड गर्नुस