सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७५ फाल्गुन २३, ११:१२ खबर संवाददाता

म, केही होइन
म सबै थोक हु,
म छदै छैन
केबल म मात्र छु ।

म सत्यमा पनि छु
म सत्तमा पनि छु,
म कतै छैन
म जताततै छु ।
यहि सत्य हो,
म मा पनि म छ
र इस्वरमा पनि म छु ।
एक सत्य
म होइन,
तिमी नै तिमी छौ
अर्को सत्य,
तिमी होइन म नै म छु ।

म शून्य हु
म नै पुर्ण हु ।
म सत्य हु र सत्य नै म हुँ ।
माछाले रानीलाई सोध्यो,
सबैले त सागरमा छौ भन्छ
तर सागर कहाँ छ ?
मैले म लाई भन्छु,
सबैले म भन्छ तर म कहाँ छु ?
म ममा जन्मिए
र म मा मर्छु, म मै हुर्किए ।
अह,

म न जन्मिए न मर्छु
म केबल छु ।

यहाँ सबै म छन
चिन्न बाँकी छ
एक भ्रम म हुँ,
र अर्को भ्रम तिमी होइनौ
सबैभन्दा ठूलो भ्रम
उ त हुँदै होइन ।
एक सत्य
म मा पनि तिमी छौ
तिमिमा पनि तिमी छौ
र उ मा पनि तिमी छौ
अर्को सत्य
म मा पनि उ छ
तिमिमा पनि उ छ
र उ मा पनि उ नै छ ।

म शून्य छु
शुन्यमा म छु,
म सत्यमा छु
म सत्तामा छु ।
जब म पुर्ण सत्तामा हुनेछु...
म मा उ हुनेछ
उ मा म हुनेछु
र उ नै उ हुनेछ
र म नै म हुनेछु ।

सबैले मलाई चिन्नु छ
आँखा बन्द गरेर आफैलाई सोध,
म को हु ?
फेरि सोध,
फेरि सोध
अझै सोध
जब सम्म उत्तर पाउदैनौ तब सम्मै सोध,
म को हु ?
र, जब उत्तर पाउनेछौ म मा उ पाउँनेछौ ।
र जब म मा उ पाउनेछौ, सबैमा उ नै पाउँनेछौ ।

उ सत्री हो
उ सत्ता हो
उ आत्मा हो
उ परमात्मा हो ।
सबै थोक उ नै उ हो ।
यहाँ केही छैन
उ मात्र छ ।
कोहि छैन उ मात्र छ ।
उ खोज्न कतै जानू पर्दैन
उस्लाई खोज्नौ पर्दैन
बस चिन्न मात्र पर्छ
जब सम्म म लाई चिन्दैनौ
उ लाई चिन्दैनौ ।

इस्वर तिमी भित्रै छ ।
तिमि नै इस्वर हौ ।

 

कमेन्ट लोड गर्नुस