सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन दुई जनासँग सहवास गरेकी युवतीले जन्माइन् जुम्ल्याहा बच्चा, दुवैका बुवा अलग–अलग

२०७९ भदौ २४, ०१:२३ खबर संवाददाता

एजेन्सी: अमेरिकामा एक १९ वर्षीया युवतीले फरक बुवाबाट जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। एकै दिन दुई पुरुषसँग यौन सम्पर्क राखेको नौ महिनापछि ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन्।

यस्तो किसिमको गर्वाधान लाखौँमा एक हुने वैज्ञानिकहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार यसलाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन भनिन्छ।  उनले आफ्नो आशंकालाई प्रमाणित गर्न पितृत्व परीक्षण गर्ने निर्णय गरेकी थिइन्। महिलाले एक जना पुरुषलाई बच्चाका बुबा मान्थिन् र उनको डीएनए परीक्षण गरिन् तर एक बच्चाको मात्रै डीएनए मिलेको थियो।

‘त्यसपछि मलाई अर्का पुरुषसँग पनि यौन सम्पर्क गरेको याद आयो र उनलाई परीक्षण गर्न बोलाएँ’, ती महिलाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘डीएनए मिलेको नतिजापछि म छक्क परेँ। मलाई थाहा थिएन कि यो हुन सक्छ।’ अहिले यी बच्चाहरू १६ महिनाका छन्।

कमेन्ट लोड गर्नुस