सुदूर नेपाललाई विश्वसँग जोड्दै

२२७ जना कोरोना संक्रमित थपिए , एक जनाको मृत्यु

२०७९ भदौ २३, ०४:५८ खबर संवाददाता

काठमाडौं: पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन्। कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो।

सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ। बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन्।

कमेन्ट लोड गर्नुस