सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप बोले– 'म निर्दोष छुँ, कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गर्छु'

२०७९ भदौ २३, १०:४७ खबर संवाददाता

काठमाडौं: जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन्। 

सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन्।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।  ‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं। उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने।

मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको छ। जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन्। 

१७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन्। महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरूचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यहीँ भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

 

 

कमेन्ट लोड गर्नुस