सुदूर नेपाललाई विश्वसँग जोड्दै

युगान्डामा ५ नेपाली युवती पक्राउ

२०७९ भदौ २३, ०६:०१ खबर संवाददाता

काठमाडौँः बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा सक्रिय देखिएको छ। आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ।

युगान्डास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापालाई कम्पालास्थित अध्यागमनले दिएको सूचनामा कानुनी अनुसन्धान र छानबिनका क्रममा पक्राउ परेका युवतीलाई थुनामा राखिएको छ। ‘मानव तस्करी, ओसारपसार र यौन व्यवसायको सरोकार पनि यो मामलामा जाडिएको देखिन्छ,’ थापाले भने, ‘हामी युगान्डामा रहेको नेपाली समुदाय नेपाली युवतीको ओसारपसार र मुजुरा नाचसहितका पक्षमा भइरहेको अनधिकृत गतिविधिबारे आफ्नै तहमा पनि अनुसन्धानमा जुटेका छौं ।’

पक्राउ पर्नेमा दोलखा, नुवाकोट र काठमाडौंका युवती रहेका छन्। 

कमेन्ट लोड गर्नुस