सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्र बैतडीले सिफारिस गरेका उम्मेदवारहरू को–को हुन् ?

२०७९ भदौ २२, ०५:३९ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्र बैतडीले संघ र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि नरेन्द्रबहादुर कुँवर सर्वसम्मत सिफारिस भए पनि प्रदेशसभा १ र २ मा भने एकभन्दा बढी नेताको नाम सिफारिस गरिएको छ।

एक संघीय निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधिसभाका लागि पोलिट्ब्युरो सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्रबहादुर कुँवर सर्वसम्मत सिफारिस भएको नेता डाक्टर केदाचन्द्र भट्टले बताए। कुँवर पहिलो संविधान सभाको चुनावमा बैतडी निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए भने दोस्रो संविधान सभाको चुनावमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीसँग पराजित भएका थिए।

बैतडीबाट संघीय सांसदको समानुपातिकतर्फ लक्ष्मी ओड र स्वेता भट्ट सिफारिस गरेको माओवादी केन्द्रले प्रदेशसभा १ बाट ५ जनाको नाम सिफारिस गरेको छ। यस्तै  प्रदेश निर्वाचन क्षेत्र नम्बर  २ बाट ४ जनाको नाम सिफारिस गरिएको छ।

प्रदेशसभा १ बाट प्रत्यक्षतर्फ शंकर भण्डारी, रणबहादुर कुँवर, प्रेमप्रकाश भट्ट, दलबहादुर धामी, र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको छ। प्रदेश २ बाट भने प्रत्यक्षतर्फ डाक्टर केदारचन्द्र भट्ट, गोपाल चन्द, ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको छ।

प्रदेशको समानुपातिकतर्फ पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल विकको नाम सिफारिस गरिएको छ।

कमेन्ट लोड गर्नुस