नेपालले भुटानलाई ४–० ले हरायो
काठमाण्डौँः साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ। आज मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे। सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरिन्।
यो जितसँगै समूह ए रहेको नेपालले तीन अङ्क जोडेको छ। नेपालले अब भदौ २७ गते सोमवार श्रीलङ्कासँग खेल्नेछ।