सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

२०७९ भदौ २१, ०६:०२ खबर संवाददाता

काठमाडौँः घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ। एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५५ रन बनाएको थियो। यसअघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो।

कमेन्ट लोड गर्नुस